दाङमा १४ वर्षीया चेतना रावतको डुबेर मृत्यु

मिति: २०२३-०४-२१ , समय : ११:४९:१९ , आवर प्रदेश

आवर प्रदेश

दाङ, ८ वैशाख। तुलसीपुर उपमहानगरपालिका-१७ वनकट्टी बस्ने तिल बहादुर रावतकी छोरी १४ वर्षीया चेतना रावतको सोही ठाउँस्थित संग्राम खोला र हापुर खोलाको दोभानमा डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ ।

नुहाउने क्रममा डुबेर अशक्त भएकी उनको उद्दार गरी राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०४-२१ , समय : ११:४९:१९ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित