छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

मिति: २०२३-०४-२१ , समय : ११:५७:१७ , आवर प्रदेश

आवर प्रदेश

काठमाडौं, ८ वैशाख। काठमाडौं, टोखा नगरपालिका(२ चण्डेश्वरीस्थित सडकमा बागमती प्रदेश ०१(०२६ च ०३७४ नम्बरको कारको ठक्करबाट सोही ठाउँ बस्ने पैदलयात्री ८ वर्षीया स्वेच्छा गुरुङको बिहीबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको ग्राण्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी काठमाडौं, तारकेश्वर नगरपालिका-८ जरङ्खु शिवमन्दिर नजिक प्र(३(०२(००६ प ४४१९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार चितवन घर भई हाल काठमाडौं नयाँबजार सोह्रखुट्टे बस्ने ३० वर्षीय प्रदिप पाण्डेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचारको क्रममा मृत्यु भएको हो ।

बारा, जितपुरसिमरा उपमहानगरपालिका-२१ स्थित १ नम्बर पुल नजिकै हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको प्र।२(०३(०५प ९८६१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका(२१ अमलेखगञ्ज बस्ने ७० वर्षीय मनिस लामाको बिहीबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको एल।एस।न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्सैगरी कास्की, पोखरा महानगरपालिका-३२ लामेआहालस्थित डम्पिङ साईडमा पोखरा महानगरपालिकाको ग।१ ग १३४ नम्बरको बुलडोजरले फोहोर व्यवस्थापन गर्ने क्रममा अनियन्त्रित भई डोजर पल्टिँदा चालक सोही महानगरपालिका(१५ रामबजार बस्ने ६२ वर्षीय मुसाफिर दासको बिहीबार साँझ घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०४-२१ , समय : ११:५७:१७ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित