छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर २ जनाको मृत्यु
मिति: २०२३-०४-२१ , समय : १२:५१:११ , आवर प्रदेश
मिति: २०२३-०४-२१ , समय : १२:५१:११ , आवर प्रदेश
आवर प्रदेश
काठमाडौं, ८ वैशाख। सर्लाही, ईश्वरपुर नगरपालिका-१५ बस्ने श्याम दासको छोरा १२ वर्षीय आशिष कुमार दासको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ ।
आफ्नै घरमा खेल्ने क्रममा पंखामा रहेको तारबाट करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको स्थानीय पोली क्लिनिक हुँदै मोडेल अस्पताल लालबन्दीमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
त्सैगरी बाँके, कोहलपुर नगरपालिका-१४ हवल्दारपुर बस्ने बर्दिया बढैयाताल गाउँपालिका-३ घर भएका ३२ वर्षीय खिम बहादुर रानाको करेन्ट लागेर बिहीबार राति मृत्यु भएको छ ।
धारामा पानी भर्ने क्रममा धारामा जडान भएको मोटरबाट करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २०२३-०४-२१ , समय : १२:५१:११ , २ वर्ष अगाडि