नेपाल लाइफ इन्स्योरेन्स मिर्चैैया उप–शाखाद्वारा मृत्यु दाबी भुक्तानी

मिति: २०२३-०४-२१ , समय : १३:५८:०५ , आवर प्रदेश

आवर प्रदेश

सिराहा। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यृ बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको मिर्चैया उप–शाखाले बीमितको श्रीमानलाई बीमा दावी वापतको रकम भुक्तानी गरेको हो ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लहान नगरपालिका वडा नं.२४ गोबिन्दपुरको बिमित स्वर्गीय सुनैना महतोको श्रीमानलाई सहारा जिवन बिमा अन्तर्गत कुुल १ लाख ३५ हजार रुपैयाँ भुक्तानी गरेको हो ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड उप–शाखाले स्व.बीमित सुनैना महतोकी श्रीमान राजेश्वर महतोलाई कार्यालयमा बोलाएर मिर्चैया उप–शाखा प्रमुख जय कुमार दत्त साथै उप–शाखाका कर्मचारी गणेश कुमार ठाकुर,एजेन्सी म्यानेजरहरु को उपस्थितिमा चेक हस्तान्तरण गरिएको हो ।

प्रकाशित मिति: २०२३-०४-२१ , समय : १३:५८:०५ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्