छुट्टाछुट्टै स्थानमा ३ जना मृत अवस्थामा फेला
मिति: २०२३-०४-२१ , समय : १७:२९:३६ , आवर प्रदेश
मिति: २०२३-०४-२१ , समय : १७:२९:३६ , आवर प्रदेश
आवर प्रदेश
काठमाडौं, ८ वैशाख । तनहुँ, शुक्लागण्डकी नगरपालिका-७ स्याउली बजारस्थित बेलचौतारा भिमाद सडकको नालीमा सोही ठाउँ बस्ने ३५ वर्षीय सुरेन्द्र बिक शुक्रबार मृत अवस्थामा फेला परेका छन् । मृतकको टाउकोमा चोट देखिएकोले ईलाका प्रहरी कार्यालय बेलचौतारा र जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले सोधपुछ तथा अनुसन्धानको लागि ४ जनालाई नियन्त्रणमा लिएको छ ।
त्सैगरी नवलपरासी, रामग्राम नगरपालिका-२ हाटबजारस्थित बाटोमा रूपन्देही बुटवल नगरपालिका-३ बस्ने ४० वर्षीय राजेन्द्र बासखोर शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
कैलाली, जानकी गाउँपालिका-५ पथरैया बस्ने ७५ वर्षीय चन्द्र कामी सोही गाउँपालिका-२ फरेण्डास्थित सुक्खा नालामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २०२३-०४-२१ , समय : १७:२९:३६ , २ वर्ष अगाडि