खोटाङमा गाडीबाट खसेर एकजनाको मृत्यु

मिति: २०२३-०४-२२ , समय : १३:२५:२४ , आवर प्रदेश

आवर प्रदेश

खोटाङमा गाडीबाट खसेर एकजनाको मृत्यु भएको छ ।

शुक्रबार राति गाडीवाट खस्दा जन्तेढुङ्गा–३ का ३८ वर्षीय दिनेश राई मृत्यु भएको हो ।

प्रहरी नायब उपरीक्षक मन्जिल मुकारूङका अनुसार शुक्रवार राती दिक्तेलबाट खोटाङ बजार जाँदै गरेको बा ३ ख ३४४१ नम्बरको बसबाट खसेका राईको उपचारको क्रममा मृत्यु भएको हो ।

उनका अनुसार सडकमा खरायो देखेर झर्न खोज्दा लडेर घाइते भएका राईको खोटाङ बजारस्थित स्वास्थ्य चौकीमा उपचार गर्ने क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति: २०२३-०४-२२ , समय : १३:२५:२४ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित