बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको बस पाल्पामा दुघट

मिति: २०२३-०४-२३ , समय : १०:३९:४४ , आवर प्रदेश

आवर प्रदेश

बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको बस आइतबार बिहान पाल्पामा दुघटनाग्रस्त भएको छ ।

लु १ ख ५९५६ नम्बरको बस पाल्पाको जोरधारानजिकै दुर्घटना भएको पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले लोकान्तरलाई जानकारी दिए ।

‘बस दुर्घटना भएको जानकारी पाएपछि रेस्क्युको लागि प्रहरी पुगिसकेको छ । केही घाइतेलाई उद्दार गरी लुम्बिनीमा उपचारका लागि पठाइएको छ । घटनास्थलमा सेना पनि पुग्दैछ,’ प्रजिअ बास्ताोला भने ।

दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी नै छ ।

प्रकाशित मिति: २०२३-०४-२३ , समय : १०:३९:४४ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित