पाँचथरमा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
मिति: २०२३-०४-२४ , समय : १३:२६:५७ , आवर प्रदेश
मिति: २०२३-०४-२४ , समय : १३:२६:५७ , आवर प्रदेश
आवर प्रदेश
पाँचथर, ११ वैशाख। फालेलुङ गाउँपालिका-३ फोकेबुङ बस्ने महेन्द्र मादेनको घरमा विद्युत सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा घर पूर्णरुपमा जलेर करिब ५४ लाख ३० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
ईलाका प्रहरी कार्यालय मेमेङबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २०२३-०४-२४ , समय : १३:२६:५७ , २ वर्ष अगाडि