आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
मिति: २०२३-०४-२४ , समय : १७:५८:२७ , आवर प्रदेश
मिति: २०२३-०४-२४ , समय : १७:५८:२७ , आवर प्रदेश
आवर प्रदेश
काठमाडौं, ११ वैशाख। सिरहा, सुखीपुर नगरपालिका-२ बिद्यानगर बस्ने रामनाथ यादवको घरमा घुरबाट आगो सल्किएर सोमबार बिहान आगलागी हुँदा घर तथा सामान जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
त्सैगरी सिन्धुली, कमलामाई नगरपालिका -२ चियाबारी डेरा गरी बस्ने अम्बिका कुमारी बुढाथोकीले संचालन गरेको किनारा पसलमा घरमा बालेको दियोबाट आगो सल्किएर गएराति आगलागी हुँदा ४ जनाको घर तथा पसल पूर्णरुपमा जलेर करिब १ करोड १६ लाख २० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रण लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २०२३-०४-२४ , समय : १७:५८:२७ , २ वर्ष अगाडि