अवैध लागूऔषधसहित पक्राउ
मिति: २०२३-०४-२४ , समय : १८:२०:३४ , आवर प्रदेश
मिति: २०२३-०४-२४ , समय : १८:२०:३४ , आवर प्रदेश
आवर प्रदेश
काठमाडौं, ११ वैशाख। बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय मिलिग्रामसहित जुम्ला गोडीचार गाउँपालिका-४ बस्ने २४ वर्षीय केशव नेपालीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई फुटाहास्थित संयुक्त चेक पोष्टमा जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
त्सैगरी मोरङ, बुढिगंगा गाउँपालिका(४ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ६ केजी २ सय ग्राम सोमबार बिहान प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरीले को।१ ख ५४३६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसको सिट मुनी वेवारिसे अवस्थामा रहेको उक्त लागूऔषध फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २०२३-०४-२४ , समय : १८:२०:३४ , २ वर्ष अगाडि