चितवन २ बाट रवि लामिछानेको जित निश्चित

मिति: २०२३-०४-२५ , समय : ११:१३:२५ , आवर प्रदेश

आवर प्रदेश

चितवन २ को उपनिर्वाचनको जारी मतगणनाको परिणाम नआउँदै रास्वपाका सभापति एवं उम्मेदवार रवि लामिछानेको जित निश्चित भएको छ।

जम्मा ७८ हजार मत खसेको मध्ये अहिलेसम्म ६० हजार मतगणना हुँदा लामिछाने ४३ हजार १०१ मत मत प्राप्त गरेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ७ हजार ९५२ मत ल्याएका छन् । अर्का एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ७ हजार ७८७ मत लिएका छन् ।

करिब १२ हजार मतमात्र गन्न बाँकी हुँदा लामिछानेको हालसम्मको अग्रता अब गन्नुपर्ने मत भन्दा उनको मतान्तर बढी भएकाले लामिछानेको जित निश्चित भएको हो ।

गएको मंसिर ४ को निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित लामिछानेको नागरिकता प्रकरणमा दोषी ठहर भएपछि पदमुक्त भएका थिए ।

 

प्रकाशित मिति: २०२३-०४-२५ , समय : ११:१३:२५ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित