बजारमा सुनको मूल्य तोलामा ७०० रुपैयाँले घट्यो
मिति: २०२३-०३-२० , समय : ११:२३:४३ , आवर प्रदेश
मिति: २०२३-०३-२० , समय : ११:२३:४३ , आवर प्रदेश
आवर प्रदेश
आज नेपाली बजारमा सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो आइतबारको तुलनामा आज सोमबार ७०० रुपैयाँले मूल्य घटेको हो । यससँगै आज छापावाल सुनको मूल्य १ लाख ९ हजार ३०० रुपैयाँ कायम छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ कायम भएको थियो । र, यो नेपाली बजारमा अहिलेसम्मकै किर्तिमानी मूल्य हो ।
यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ८०० रुपैयाँ कायम छ । हिजो आइतबार तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ कायम थियो । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य बढ्दै गइरहेको छ । विश्वबजारमा सुनको मूल्य निरन्तर बढ्दाको प्रभाव नेपाली बजारमा समेति देखिइरहेको छ ।
महासंघले आज चाँदीको मूल्य समेत घटेको जानकारी दिएको छ । हिजो चाँदीको मूल्य तोलामा १३ सय ४५ रुपैयाँ कायम थियो । जुन, आज १५ रुपैयाँले घट्दै तोलामा १३ सय ३० रुपैयाँ कायम भएको हो ।
प्रकाशित मिति: २०२३-०३-२० , समय : ११:२३:४३ , २ वर्ष अगाडि