अजरवैजान पुर्याई ठगी गर्ने व्यक्ति पक्राउ
मिति: २०२३-०४-२७ , समय : १४:४१:३६ , आवर प्रदेश
मिति: २०२३-०४-२७ , समय : १४:४१:३६ , आवर प्रदेश
आवर प्रदेश
काठमाडौं, १४ वैशाख। अजरवैजान पुर्याई ठगी गरेको अभियोगमा दाङ लमही नगरपालिका(५ बस्ने भीमजंग रसाइली भन्ने २५ वर्षीय भिम कुमार सुनारलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
सुनारले एक जना पीडितलाई वैदेशिक रोजगारीका लागि अजरबैजानको होटलमा मासिक ७ सय डलर तलब हुने कामको लागि पठाइ दिन्छु भनि ८ लाख ५० हजार रूपैयाँ लिई अजरबैजान पुर्याई ५ महिनासम्म अलपत्र पारी ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ ।
प्रकाशित मिति: २०२३-०४-२७ , समय : १४:४१:३६ , २ वर्ष अगाडि