विराटनगर महानगरले क्रिकेटर राजवंशी र कँडेललाई नगदसहित सम्मान गर्ने

मिति: २०२३-०३-२० , समय : १४:०४:४४ , आवर प्रदेश

आवर प्रदेश

विराटनगर। क्रिकेटर ललित राजवंशी र दिपेश कँडेललाई विराटनगर महानगरपालिकाले नगदसहित सम्मान गर्ने भएको छ । राजवंशी र कँडेल दुवै विराटनगर निवासी हुन् ।

नेपाललाई विश्वकप छनौटमा पु¥याउन महत्वपूर्ण योगदान गरेका राष्ट्रिय क्रिकेट टोलीका सदस्य राजवंशीलाई महानगरले नगद एक लाख एक हजार रुपैयाँसहित सम्मान गर्ने भएको हो । त्यस्तै कँडेलले ह्याट्रिकसहित ५ विकेट लिएपछि नेपाल ८ वर्षपछि यू–१९ विश्वकपमा प्रवेश गर्न सफल भएको छ ।

राजवंशी र कँडेलले क्रिकेटलाई उचाइमा पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण प्रोत्साहित गर्न नगदसहित सम्मान गर्ने निर्णय गरिएको महानगरका मेयर नागेश कोइरालाले बताए । चाँडै नै विशेष समारोह आयोजना गरेर सम्मान गरिने कोइरालाले जानकारी दिए ।

 

प्रकाशित मिति: २०२३-०३-२० , समय : १४:०४:४४ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित