ओखलढुङ्गामा चट्याङ लागेर एक जनाको मृत्यु
मिति: २०२३-०४-३० , समय : १०:४२:५२ , आवर प्रदेश
मिति: २०२३-०४-३० , समय : १०:४२:५२ , आवर प्रदेश
आवर प्रदेश
शनिबार अपराह्न वर्षासँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएकी खिजीदेम्बा गाउँपालिका-२ तोपडाँडाकी ५७ वर्षीय देवमाया बुढाथोकीको मृत्यु भएको छ ।
घरभित्रै बसिरहेका बेला उनीलाई चट्याङ लागेको थियो । बुढाथोकीलाई उपचारका लागि रामेछापको मन्थली लैजाने क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
ओखलढुङ्गामा चट्याङ लागेर यही वैशाख महिनामा मात्रै दुई जनाको मृत्यु भइसकेको छ । जिल्लामा बर्सेनि चट्याङका कारण जनधनको क्षति हुने गरेको छ ।
प्रकाशित मिति: २०२३-०४-३० , समय : १०:४२:५२ , २ वर्ष अगाडि