विवाह गर्न अस्वीकार गरेको भन्दै नर्सले गरिन् डाक्टरको घरमा आत्महत्या

मिति: २०२३-०४-३० , समय : १३:१७:५६ , आवर प्रदेश

आवर प्रदेश

विवाह गर्न अस्वीकार गरेको  भन्दै स्टाफ नर्सले चिकित्सकको घरमा गएर आत्महत्या गरेकी छन् । प्रेम सम्बन्धामा रहेकी ३४ वर्षीया अनुमा श्रेष्ठले हिजो (शनिबार) डा. सुजन ढकालको घरमा आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सुजनको परिवारले विवाह गर्न नमानेपछि हिजो अपराह्न पौने ४ बजे ती युवतीले आत्महत्या गरेकी हुन् । अनुमा वीर अस्पतालमा काम गर्थिन् भने सुजन कान्ति बाल अस्पतालमा काम गर्दै आएका छन् ।

अनुमाका परिवार चितवनको नारायणगढबाट काठमाडौं आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूले सुजनविरुद्ध किटानी जाहेरी दिने तयारी गरेका छन् ।

प्रकाशित मिति: २०२३-०४-३० , समय : १३:१७:५६ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित