आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

मिति: २०२३-०५-०२ , समय : १३:००:४९ , आवर प्रदेश

आवर प्रदेश

काठमाडौं, १९ वैशाख। सर्लाही, मलंगवा नगरपालिका-१० स्थित जिल्ला प्रशासन कार्यालयमा करेन्ट सर्ट भई मंगलबार बिहान आगलागी हुँदा प्रतिलिपि शाखामा रहेको कम्प्युटर १ थान, सीपीयु ४ थान, मनिटर ५ थान, स्केनर ३ थान, प्रिन्टर ५ थान, कि-बोर्ड ४ थान लगायतका सामान जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

भोजपुर, हतुवागढी गाउँपालिका(४ लुङथुङ बस्ने ६० वर्षीय काज बहादुर राईको घरमा सोमबार साँझ आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ७ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

त्सैगरी सुनसरी, देवानगंज गाउँपालिका-३ बस्ने बेचन मेहताको घरमा सोमबार राति आगलागी हुँदा उक्त आगो फैलिएर सोही ठाउँ बस्ने रामदयाल मेहताको घरमा समेत आगलागी हुँदा दुबै जनाको घर पूर्णरूपमा जलेर करिब ७ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०५-०२ , समय : १३:००:४९ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित