नक्कली नेपाली नोटसहित दुई जना पक्राउ

मिति: २०२३-०५-०५ , समय : १०:४२:०१ , आवर प्रदेश

आवर प्रदेश

नक्कली नेपाली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको गोडौता नगरपालिका-१२ का ३४ वर्षीय आनन्द बर्दन सिंह र बाराको परवानीपुर गाउँपालिका-३ का ३६ वर्षीय ओम प्रकाश साह रहेका छन् ।

उनीहरूलाई वीरगञ्ज महानगरपालिका-१६ चालिसफिटेस्थित सडकखण्डबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीका अनुसार उनीहरूले प्रयोग गरेको बीआर ०१ पीजी ६५७७ नम्बरको स्कारपियो जाँच गर्ने क्रममा एक हजार दरका ४५० थान र पाँच सय दरका ७२ थान नेपाली नक्कली नोटगरी चार लाख ८६ हजार नक्कली रुपैयाँ बरामत गरिएको हो ।

त्यस्तै दुई लाख सक्कली नेपाली रुपैयाँ र स्कारपियो पनि नियन्त्रणमा लिइएको उनले बताए । उनीहरूविरुद्ध मुद्रा सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०५-०५ , समय : १०:४२:०१ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्