सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गर्ने व्यक्ति पक्राउ
मिति: २०२३-०५-०५ , समय : १०:५६:५३ , आवर प्रदेश
मिति: २०२३-०५-०५ , समय : १०:५६:५३ , आवर प्रदेश
आवर प्रदेश
काठमाडौं। सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्र हत्या गरेको अभियोगमा चितवन राप्ती नगरपालिका(९ बस्ने २९ वर्षीय बिजय लामा भन्ने डम्बर बहादुर तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक सञ्जाल टिकटकमा पीडितको फोटो र भिडियोलाई अश्लीलता सहित प्रसारण गरी सम्वन्धीत व्यक्तित्वको छविमा आँच पुर्याउने साथै, सार्वजनिक नैतिकता र शिष्टाचारमा असर पार्ने गरी चरित्र हत्या गर्ने कार्यमा तामाङले संलग्नता रहेको अनुसन्धानबाट खुल्न आएपछि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा उनलाई साइबर व्यूरो भोटहिटिबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय चितवनको सहयोगमा उनकै ठेगानाबाट पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति: २०२३-०५-०५ , समय : १०:५६:५३ , २ वर्ष अगाडि