आभा फाउंडेशनको बार्षिक उत्सव सम्पन्न।।

मिति: २०२३-०५-०८ , समय : ०९:५९:५१ , आवर प्रदेश

आवर प्रदेश

नेपाल -भारतको सीमावर्ती इलाकामा शिक्षा र स्वास्थ्य क्षेत्र जनचेतना सामाजिक कार्यले चर्चित आभा फाउंडेशनले बार्षिक उत्सव हर्षोल्लासको साथ मनाएको छ।

सो कार्यक्रमको अध्यक्षता संस्थाकी अध्यक्ष आभा अनुपमाले गरिन् । आयोजित कार्यक्रमको उद्घाटन मुख्य अतिथि प्रदेश सांसद भीम पराजुली सहित अन्य विशिष्ठ अतिथिले गरे । यस अवसरमा जनता बाल आधारभूत विद्यालयका छात्राहरुले कला प्रस्तुति दिए। यहि मौका परेर उक्त विद्यालयमा अध्ययनरत निर्धन छात्र छात्राहरुको लागि रु ५१०० नगद राशि सहयोग गरियो । साथै असक्तलाई पनि सम्मानित गरियो ।

कार्यक्रममा कोशी अस्पताल बिराटनगरका कन्सलटेंट न्यूरो सर्जन चंद्रप्रकाश यादव , प्रधानाचार्य बीरेन्द्र कुमार मंडल , राष्ट्रीय सरसफाई अभियंता धीरेंद्र कुमार साह , अमेरिका निवासी सामाजिक कार्यकर्ता पूजा शर्माको समाजमा महत्वपूर्ण योगदानको लागि सम्मानित गरियो ।

साथै विशिष्ठ अतिथि प्राज्ञ गंगा सुबेदी , जिला समन्वय समिति उपाध्यक्ष उषा झा , मानवाधिकारवादी सोमराज थापा , चलचित्र संघ कोशी प्रफेश का अध्यक्ष अरुण प्रधान , साहित्यकार क्रमशः शिवनारायण पंडित ,रामबाबू दहाल , भरत गुरागाई , समाजसेवी द्वय गणेश साह , बसुंधरा झा अतिथि रहेका छन् ।

कार्यक्रमलाई सफल बनाउन अम्बिका अधिकारी , पूजा बहार , सीता साह ,अम्बिका साह ,श्रद्धा खातिवाडा ,शारदा मंडल ,सरस्वती निरौला ,विप्रिया कर्ण , जिया पौद्दार आदि संस्था संग जुडीएका मानिसहरु पनि सक्रिय रहे।

प्रकाशित मिति: २०२३-०५-०८ , समय : ०९:५९:५१ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित