सुनवर्षीमा विपन्न परिवारका महिलाहरुलाई सिलाई कटिङ र युवाहरुलाई कम्पुटर तालिम र उद्धधाेष तालिम सुरु।।
मिति: २०२३-०३-२२ , समय : ११:०३:३२ , आवर प्रदेश
मिति: २०२३-०३-२२ , समय : ११:०३:३२ , आवर प्रदेश
आवर प्रदेश
सुनवर्षी। हाम्रो लक्ष्य सीप युक्त जनशक्ति उत्पादन भन्ने मुल नाराका साथ सुनवर्षी नगरपालिका वडा नम्बर ५ ले विपन्न परिवारमा रहेका वेरोजगार महिला , युवाहरूलाई सिलाई कटिङ कम्प्युटर तथा उद्धाेषण तालिम सन्चालन गरेको छ ।
वडा नम्बर ५ का ६० जना युवती तथा महिलाहरुलाई सिलाई कटिङ तालिमकाे आयोजना गरिएको हाे । महिलाहरुले आफ्नो सीप सिकेर घरमै बसेर समयकाे सदुपयोग तथा केही घर परिवालाई पालन पोषण गर्ने केही सहज हाेस भन्नका लागि तालिमकाे आयोजना गरिएकाे हाे ।
त्यसैगरी युवाहरुका लागि कम्पुटर तालिम र उद्धधाेष तालिम समेत सुरु गरेकाे वडा अध्यक्ष याेगेश्वर ठाकुरले बताए । वडा नम्बर ५ को वडा सभाहलमा एक महिने सिलाई, कटाईकाे तालिम सन्चालन गरिएको छ । सुनवर्षी नगरपालिका सीप विकास प्रशिक्षण तथा बिक्री केन्द्रकाे आयोजनामा तालिमकाे सन्चालन गरिएको हाे ।
तालिम स्थानीय सपना चाैधरीले प्रक्षिक दिईरहेकी छिन् । वडाले महिलाहरुकाे सीप मुलक कार्यक्रम ल्याएर आत्मा निर्भर बनाएकाे र आफुहरुले सीप सिकेर केही गर्ने अवसर दिएकाेमा स्थानीय ४५ बर्षिय सुस्मिता कुमार दासले धन्यवाद समेत दिएकी छन् । ६० जना सहभागी हरु लाई दुई चरणमा तालिम समेत दिएकाे प्रक्षिक चाैधरीले बताईन । तालिमकाे निरिक्षण गर्दे उपमेयर मिरा देवी दासले यसरी महिलाहरुलाई उपयोगी तालिमकाे आयोजना गरेकाेमा वडा अध्यक्षलाई धन्यवाद समेत दिएकी छन् । वडा सचिव भविन कार्कीका अनुसार आगामी बर्षमा तालिममा सहभागीहरु मध्ये उत्कृष्ट अतिविपन्न परिवारका दुई जनालाई मेसिन समेत दिईने जानकारी समेत गराएका छन् ।
प्रकाशित मिति: २०२३-०३-२२ , समय : ११:०३:३२ , २ वर्ष अगाडि