पुल बाट नदिमा बस खसेर दुर्घटना , हालसम्म १५ जनाको मृत्यु

मिति: २०२३-०५-०९ , समय : १२:५६:५१ , आवर प्रदेश

आवर प्रदेश

मध्य प्रदेशको खरगोनमा एउटा बस पुलको रेलिङ भाँचेर नदीमा खसेको छ । दुर्घटनामा हालसम्म १५ जनाको मृत्यु भइसकेको छ ।

मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्रले भने, “बिहान ८.४० बजे दसांगा र डोङ्गरगाउँको बीचमा एउटा बस बैराड नदीमा खसेको थियो, रेलिङ भाँचेर नदीमा खसेको थियो। नदी सुकेको थियो। अहिले पन्ध्र जनाको मृत्यु भएको खबर छ। २०-२५ जना घाइते छन्, सबै घाइतेलाई जिल्ला अस्पतालमा भर्ना गरिएको छ ।”

समाचार एजेन्सी एएनआईका अनुसार मध्य प्रदेश सरकारले खरगोनमा मृतकका परिवारलाई ४–४ लाख रुपैयाँ, गम्भीर घाइतेलाई ५०–५० हजार रुपैयाँ र सामान्य घाइतेलाई २५–२५ हजार रुपैयाँ दिने घोषणा गरेको छ ।

 

प्रकाशित मिति: २०२३-०५-०९ , समय : १२:५६:५१ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित