फिल्म ‘पोन्नियिन सेल्वन- पिएस २’ तीन सय करोड क्लबमा समावेश

मिति: २०२३-०५-०९ , समय : १४:३०:५८ , आवर प्रदेश

आवर प्रदेश

मणिरत्नम निर्देशित फिल्म ‘पोन्नियिन सेल्वन- पिएस २’ तीन सय करोड क्लबमा समावेश भएको छ।

भारतीय सञ्चारमाध्यम बलिउड लाइफका अनुसार अप्रिल २८ मा प्रदर्शन भएको फिल्मले विश्वव्यापी रूपमा ३ सय करोड भारू कमाएको हो।

यो फिल्म छिट्टै ओटिटीमा प्रदर्शन हुनेछ। निर्माण टिमले अमेजन प्राइममा जुन २८ मा प्रदर्शन गर्न बताएका छन्।

फिल्ममा ऐश्वर्या राय बच्चन, चियान विक्रम, जयराम रवि, सरथकुमार, तृषा, अश्विन काकुमानद, शोविता धुलिपल, प्रभुलगायत कलाकारको अभिनय छ। फिल्म १९५५ को कल्की कृष्णमूर्तिको उपन्यास ‘पोन्नियन सेल्वान’ आधारित छ।

यो फिल्म सन् २०२२ मा रिलिज भएको ‘पोन्नियिन सेलवन- पीएस १’ दोस्रो भाग हो। पहिलो भागले विश्वभरबाट ५ सय करोड कमाएको थियो।

प्रकाशित मिति: २०२३-०५-०९ , समय : १४:३०:५८ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्