छुट्टाछुट्टै स्थानमा चार जना मृत अवस्थामा फेला
मिति: २०२३-०५-११ , समय : १४:१०:४४ , आवर प्रदेश
मिति: २०२३-०५-११ , समय : १४:१०:४४ , आवर प्रदेश
आवर प्रदेश
काठमाडौं, २८ वैशाख। काठमाडौं महानगरपालिका-३ बसुन्धारा डेरा गरी बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका-३ घर भएका ३० वर्षीय वीर बहादुर थापा आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
सुनसरी, बराहक्षेत्र नगरपालिका-८ स्थित भक्त चोक नजिक जमेको पानीमा सोही ठाउँ बस्ने ४५ वर्षीया रत्न कुमारी विष्ट बुधबार मृत अवस्थामा फेला परेकी छन् ।
त्सैगरी ईलाम, सन्दकपुर गाउँपालिका-४ खोर्सानीटारस्थित खोल्सामा सोही गाउँपालिका-२ बस्ने ६२ वर्षीय मनबीर राई बुधबार मृत अवस्थामा फेला परेका छन् ।
त्सैगरी बर्दिया, ठाकुरबाबा नगरपालिका-२ कर्णाली चिसापानी पुल नजिक हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २०२३-०५-११ , समय : १४:१०:४४ , २ वर्ष अगाडि