नेपाल कानुन ब्यबसायी परिषद्ले दियो विराटनगरमा नै तालिम र प्रमाणपत्र
मिति: २०२३-०३-२२ , समय : ११:३३:२७ , आवर प्रदेश
मिति: २०२३-०३-२२ , समय : ११:३३:२७ , आवर प्रदेश
आवर प्रदेश
विराटनगर । नेपाल कानुन ब्यबसायी परिषद्ले तीन दिने पुर्ब ब्यबसायकि तालिम सम्पन्न गरेको छ । परिषदले गत भदौ २६ गते देखी २९ गते सम्म संचालन गरेको ३० आंै अधिवक्ता तहको लखित परीक्षा र माध १३ गते भएको अन्तर्वार्तामा समेत उत्तीणर् भएका कोशी प्रदेश र मधेश प्रदेशका गरी जम्मा ५९ जनालाई पुर्ब ब्यबसायकि तालिम प्रदान गरी कानुन ब्यबसायी प्रमाणपत्र प्रदान गरेको हो ।
संघियताको मर्म बमोजिम पहिलो पल्ट काठमाडौ बाहिर विरानगरमा नै कानून व्यवसायको क्षेत्रमा नव प्रवेशी लाई पुर्ब ब्यवसाहिक तालिम सम्पन्न गराई परिषद्ले प्रमाणपत्र प्रदान गरेको हो, नेपाल बार काउन्सलिका पार्षद अधिवक्ता प्रेम पोखरेलले बताउनु भयो ।
तालिम उच्च अदालत विराटनगरका का.मु मुख्य न्यायाधिस र जिल्ला अदालत मोरङका माननीय न्यायाधिस सहित अन्य बरिष्ठ अधिवक्ताहरुले दिएका थिए ।
आफुले लिएको तालिम र ज्ञान समेतलाई विचार गरी आज प्राप्त अधिवक्ताको लाइसेन्सबाट आफुले जिम्मेवारी महसुस गरेकोे र अब कानुनका क्षेत्रमा नै सधैभरी लागेर दुःखी गरिबहरुको पक्षमा काम गर्दै काउन्सिलले तोकेको नीति र परिधि भित्र रहेर कानुन ब्यबसायीको मान मर्यादा र ईज्जतलाई उच्चो बनाउने कुरामा नै आफु लागि रहने तालिममा सहभागी भै अधिवक्ताको प्रमाणपत्र प्राप्त गर्नु भएका अधिवक्ता सुजन दाहालले बताउनु भयो ।
नेपाल कानून व्यवसायी परिषद्ले भ्याली बाहिर विराटनगरमा नै कार्यक्रम गरी प्रमाणपत्र दिएकोमा काठमाण्डौ जाने आउने झन्झटबाट मुक्त भएको र घर आगनमा मा नै प्रमाणपत्र प्राप्त गरेकोमा सहभागी नव कानून व्यवसायी अधिबक्ता काशीनाथ चुडालले खुसी व्यक्त गरे । कार्यक्रममा कानूनी क्षेत्रका विभिन्न लब्ध प्रतिष्ठित व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
प्रकाशित मिति: २०२३-०३-२२ , समय : ११:३३:२७ , २ वर्ष अगाडि