उदयपुरबाट लागुऔषध गाँजा सहित १ जना पक्राउ

मिति: २०२३-०५-१२ , समय : १०:३९:१७ , आवर प्रदेश

आवर प्रदेश

उदयपुर, बैशाख २९ गते ।उदयपुरको रौतामाई नगरपालिका-८ का ४९ बर्षीय डिक बहादुर लुङगेली मगर ८ केजी ५८१ ग्राम लागुऔषध गाँजा सहित पक्राउ परेका छन् ।

गाँजाको ओसार पसार भईरहेको बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले बिहिवार दिउँसो गाईघाट बजारबाट मगरलाई पक्राउ गरेको हो ।

पक्राउ परेका मगरको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०५-१२ , समय : १०:३९:१७ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित