बिराटनगर जिल्ला प्रशासन कार्यलयमा मिटरब्याजको उजुरी दिने संख्या बढ्दै

मिति: २०२३-०५-१५ , समय : १३:०६:११ , सरिता कर्मकार

सरिता कर्मकार

विराटनगर । बैशाख १७ बाट देश भर उजुरी दिन आह्वान गरे संगै प्रदेश १ मा पनि मिटरब्याज पिडितहरुले धमाधम उजुरी दिन थालेका छन् ।

बिराटनगर स्थित जिल्ला प्रशासन कार्यलयमा उजुरी दिनेहरुको संख्या बढ्दै गईरहेको नायब सुब्बा नारायण प्रसाद पौडेलले जानकारी दिए । बिराटनगर , कटहरी , सुनवर्षी , उर्लाबारी लगायत अन्य थुप्रै स्थान बाट उजुरी दिन आईरहेको उनले बताए । अन्य दिनहरुमा भन्दा आईबारको दिन सबै भन्दा बढी उजुरी परेको भएको उनले बताए । आईतबारको दिनमा मात्र २० जनाले उजुरी दिएको र आईतबार साझ सम्म १२२ बटा उजुरी आएको उनले जानकारी दिए ।

कटहरी गाँउपालिका-४ का ७० वर्षिय नथनी हरिजनले दुई जना बिरुद्ध लेनदेन को उजुरी दिएका छन् । पाँच वर्ष अगाडी उनले कटहरी गाँउपालिका-४ का बिजय कुमार साह संग रु १ लाख रुपैया ऋण लिएका थिए । उनलाई रुपैया लिए बापत नजिकैको वडामा कागज पत्र बनाई औठा छाप लगाउन लगाईयो । लेख पढ गर्न नजान्ने उनले भरोसाका साथ औठा छाप लगाएकोे बताए ।

तर बिजय कुमारले पत्रको गलत फाईदा उठाएर कटहरी गाँउपालिका-४ कै अर्का व्यक्ती श्याम कामत मिलेर उनि संग छुट्टा छुट्टै रकम मागी रहेका छन् । साहले साडे पन्ध्र लाख रकम फिर्ता मागिरहेका छन् भने कामतले साडे तेह्र लाख लगेको भन्दै मागि रहेको पिडितले जानकारी दिए । घरमा दुई छाक टार्नको लागि अरुको घर खेतहरुमा मज्दुरी काम गर्दै आईरहेको उनले यति धेरै रकम नलिएको साथै तिर्न नसक्ने अवस्था रहेको उनले दुखेसो पोखे ।

गत १७ वैशाखमा आयोगले विज्ञप्तिमार्फत वैशाखसम्म नजिकको जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सार्वजनिक रूपमा आह्वान गरेको थियो । आयोगमा मिटरब्याज साहुविरुद्ध उजुरी दर्ता गराउन ७७ वटै जिल्ला प्रशासन कार्यालयमा सहायता कक्ष स्थापना गरिएको छ । उजुरी दर्ताका लागि आयोगले दिएको पहिलो चरणको सकिएसँगै थप सात दिन म्याद थप गरिएको छ।

प्रकाशित मिति: २०२३-०५-१५ , समय : १३:०६:११ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्