सुनवर्षीबाट ब्राउन सुगर बरामद
मिति: २०२३-०५-१६ , समय : ११:४६:४९ , ourpradesh
मिति: २०२३-०५-१६ , समय : ११:४६:४९ , ourpradesh
ourpradesh
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका ८ स्थित सिक्टी बजारवाट प्रतिबिन्धत ब्राउन सुगर सहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् ।
सिमावर्ती नाका सिक्टी भारत वाट नेपाल आउदै गरेको अवस्थामा नेपाल प्रहरीले ब्राउन सुगर सहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
बि आर ३८–एस –०३८३ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई एक ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता रञ्जन दाहालका अनुसार सिमा क्षेत्रमा चेक जाचँका लागि खटिरहेको बरिष्ट सई प्रविण भट्टराईको नेतृत्वमा रहेको टोलीले उनिहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेको दुवैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यसै गरि सोहि सिमा क्षेत्र बाट चेक जाँचको क्रममा तिन लाख बराबरीको फर्निचर नियन्त्रणमा लिएको हो । नियन्त्रण गरिएको फर्निचर रंगेली ईलाका प्रहरी कार्यलय मार्फत भन्सार कार्यलय बिराटनगरमा बुझाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२३-०५-१६ , समय : ११:४६:४९ , २ वर्ष अगाडि