सिरहामा जिल्ला ट्राफिक सप्ताह–२०८० कार्यक्रम सुरु

मिति: २०२३-०५-१६ , समय : १५:१७:५५ , ourpradesh

ourpradesh

सिरहा । दुर्घटना न्यूनिकरणका गर्ने उद्देश्यले जिल्ला ट्राफिक सिरहाले ट्राफिक सप्ताह–२०८० कार्यक्रम सुरु गरेको छ । ट्राफिक सचेतना जगाउन सोमबार देखी ट्रार्फिक सप्ताह सुरु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी निरीक्षक मीन बहादुर बस्नेतले जानकारी दिए ।

‘पैदल यात्रा गर्दा फुटपाथको प्रयोग गरौं,ट्राफिक नियमको पालना गरौ,सभ्य नागरिक बनौ’भन्ने मूलनारा सप्ताहको रहेको सिरहा ट्रार्फिक कार्यालयले जनाएको छ ।सप्ताहको सचेतनाले सवारी दुर्घटना न्यूनीकरण गर्न मद्दत पुग्ने प्रमुख प्रहरी निरीक्षक बस्नेतले बताए । सडक सुरक्षा सप्ताह २०८० शुभारम्भ कार्यक्रममा लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरी,बिशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी सिरहाका भोजराज खतिवडा,जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द ईबा लिम्बु,सशस्त्र प्रहरी सिरहाका प्रहरी उपरीक्षक प्रमोद भारती, सिरहा चोहर्वा स्थित नेपाली सेना गणका प्रमुख सेनानी बिष्णु कार्की,स्थानिय जनप्रतिनीधिहरु,पत्रकारहरु,विभिन्न यातायात व्यवसयीका पदाधिकारीहरु लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

सो अवसरमा प्लेकार्ड, ब्यानर सहितको लहान बजार क्षेत्रमा प्रभातफेरी कार्यक्रम गरिएको थियो । सप्ताहव्यापी कार्यक्रम जेष्ठ ७ गते सम्म आयोजना हुने बताईएको छ । कार्यक्रम अन्तर्गत विद्यार्थी,पैदलयात्री र चालकलाई ट्राफिक सचेतना तथा जेब्राक्रसबारे प्रशिक्षण,ट्राफिक सचेतनासम्बन्धी झण्डै ५ हजार पर्चा,पम्प्लेट वितरण,प्रभातफेरी लगायत सचेतनामूलक कार्यक्रम गरिने बताइएको छ ।

प्रकाशित मिति: २०२३-०५-१६ , समय : १५:१७:५५ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित