डिल्लीराम उप्रेतीले आफ्नो पद तथा गोपनीयताको शपथ
मिति: २०२३-०५-२१ , समय : १८:३७:५८ , आवर प्रदेश
मिति: २०२३-०५-२१ , समय : १८:३७:५८ , आवर प्रदेश
आवर प्रदेश
विराटनगर। कोशी प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्राध्यापक डिल्लीराम उप्रेतीले आफ्नो पद तथा गोपनीयताको शपथ लिनु भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उपाध्यक्ष उप्रेतीलाई आइतबार एक समारोहका बीच पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो ।
शपथ ग्रहण समारोहमा बोल्दै मुख्यमन्त्री कार्कीले कोरोना भाइरसको असरका कारण देखिएको आर्थिक मन्दीले आर्थिक अनुदान र राजस्व सङ्कलनमा सङ्कुचन आएको दृष्टान्त प्रस्तुत गर्दै सोही अनुसार आगमी योजनाहरु निर्माण गर्न योजना आयोगले ध्यान दिनुपर्ने कुरामा जोड दिन्भयो ।
पुरानो १ नं प्रदेशको रुपमा रहेको कोशी प्रदेशले आगमी दिनमा आफ्ना कामले पनि एक नं सावित गर्नुपर्ने चुनौती रहेको बताउनुभयो । समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्यलाई साकार बनाउन उपाध्यक्ष उप्रेतीको भुमिका प्रभाकारी हुनेमा आफू विश्वस्त रहेको
कार्यक्रममा बोल्दै नव नियुक्त उपाध्यक्ष डिल्लीराम उप्रेतीले स्थानीय स्रोत साधान र स्थानीय अर्थतन्त्रको व्यवस्थापन गर्दै योजनाहरु निर्माण गर्ने र समाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा जोड दिने बताउनुभयो ।
गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगको उपाध्यक्षमा उप्रेतीलाई नियुक्त गर्ने निर्णय गरेको थियो । महेन्द्र रत्न क्याम्पस ताहाचलमा प्रध्यापन गर्दै आउनु भएका उप्रेती त्रिभूवन विश्व विद्यालयको पूर्व राजिष्ट्रार हुनुहुन्छ ।
शपथ ग्रहण समारोहमा कोशी प्रदेश सरकारका मन्त्री, सभासद लगायत प्रदेश सरकारका उच्च पदस्थ कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: २०२३-०५-२१ , समय : १८:३७:५८ , २ वर्ष अगाडि