माओवादी कार्यालयमा दुई दिनसम्म पार्टीको झण्डा आधा झुकाइने

मिति: २०२३-०७-१२ , समय : १४:०४:४४ , ourpradesh

ourpradesh

नेकपा (माआवादी केन्द्र)ले पार्टीका सबै कार्यालयमा दुई दिनसम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी एवम् पार्टीकी केन्द्रीय सल्लाहकार सीता दाहालको निधनपछि बसेको पदाधिकारी बैठकले दुई दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको महासचिव देव गुरङले जानकारी दिए ।

उनका अनुसार भोलि (बिहीवार) सबै कार्यालयहरूमा श्रद्धाञ्जली कार्यक्रम गरिने छ ।

सीताको आज ८ बजेर ३३ मिनेटमा नर्भिक अस्पतालमा निधन भएको थियो । अहिले सीताको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ । उनको आजै अन्त्येष्टि गरिने छ ।

प्रकाशित मिति: २०२३-०७-१२ , समय : १४:०४:४४ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित