आइतबारदेखि महोत्तरीको सितापुरसम्म रेल चल्ने

मिति: २०२३-०७-१४ , समय : १२:११:४० , ourpradesh

ourpradesh

जनकपुरधाम । आउँदो आइतबारदेखि महोत्तरीको सितापुरसम्म रेल चल्ने भएको छ । यसअघि जयनगर–जनकपुरधाम र कुर्थासम्म चल्ने रेल आइतबारदेखि एक स्टेसन अझ थप गर्दै महोत्तरीको भंगहा नगरपालिकामा पर्ने सितापुरसम्म चल्ने भएको छ ।

आइतबार साढे १० बजे भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको प्रमुख आतिथ्ययतामा सितापुर स्टेसनको उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन कुमार झाले जनाएको छ ।

उनका अनुसार स्टेसनको उद्घाटन गर्दै कार्यक्रममा सहभागी अतिथिहरू मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, प्रदेशका मन्त्रीहरू, भारतीय एम्बेसडर रेल्वेसँग सम्बन्धित व्यक्ति तथा स्थानीय पालिकामा जनप्रतिनिधिहरू रेल चढेर जनकपुरधाम आउने कार्यक्रम रहनेछ । त्यसको भोलिपल्ट अर्थात सोमबारदेखि दैनिक सेड्युल अनुसार सितापुरदेखि जयनगर रेल चल्ने महाप्रबन्धक झाले जनाए ।

प्रकाशित मिति: २०२३-०७-१४ , समय : १२:११:४० , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित