रौतहटको राजदेवीमा घरको भित्ता फोरेर चोरी
मिति: २०२३-०७-१५ , समय : १२:११:३१ , ourpradesh
मिति: २०२३-०७-१५ , समय : १२:११:३१ , ourpradesh
ourpradesh
रौतहट । रौतहटको सदरमुकाम गौरसँगै जोडिएको राजदेवी नगरपालिकामा एकैपटक १० घरमा चोरी भएको छ । शुक्रबार राती १० घरको भित्ता फोरेर लाखौं रुपैयाँ बराबरको चोरी भएको हो । राजदेवी ७ मुडवालबा गाउँमा धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।
स्थानीय मुकेश प्रसाद यादव, रामनरेश यादव, रामनाथ यादव, रामपति यादव, लालबाबु यादव, पवन यादव, नन्दकिशोर यादव, सन्तोष यादव, रामगुलाम यादव र एजन राय यादवको घरबाट फोरेर धनमाल चोरी भएको हो । रामपति यादवको घरबाट नगद ८६ हजार, एक थान सुनको कानको बाली, चाँदीको पाएल, मोबाइल १ थान, हेल्मेट १ रलताकपडा लगायतका सामान चोरी भएको छ ।
त्यस्तै स्थानीय पवन यादवको घरमा ती ठाउमा सुरुङ्ग खनेर चोरी भएको छ । उनको घरबाट नगद ५० हजार, एक थान मोबाइल र हेल्मेट चोरी भएको छ । मुकेश यादव, नरेश यादव र रामनाथ यादवको घर बाट २ थान मोबाइल चोरी भएको छ भने रामगुलाम यादवको घरबाट ३१ हजार रुपैयाँ चोरी भएको पीडित परिवारले जानकारी दिएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी उमाशंकर यादवले घटनाको पुष्टि गर्दै त्यसबारे थप अनुसन्धान भइरहेको बताएका छन्।
प्रकाशित मिति: २०२३-०७-१५ , समय : १२:११:३१ , २ वर्ष अगाडि