बागलुङमा पुरुषको शव फेला

मिति: २०२३-०७-१५ , समय : १४:१८:०१ , ourpradesh

ourpradesh

बागलुङमा एक पुरुषको शव फेला परेको छ ।

गलकोट नगरपालिका–५ भैँसेस्थित खरबारीमा ताराखोला गाउँपालिका–५ सानो हिलेका ४० वर्षीय झलिराम पुन मगरको शव फेला परेको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ ।

प्रहरीका अनुसार आज बिहान ८ बजे खरबारीको बाटो नजिकै स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक पुन श्रीमतीसँगै गलकोट नगरपालिका–३ हटियामा डेरा गरी बस्दै आएका थिए ।

पुन मगरले मदिरा सेवन गरेर भिरबाट लडेको हुन सक्ने आशङ्का गरिएको गलकोट नगरपालिका–५ का वडाअध्यक्ष पवन हमालले बताए ।

प्रहरी र स्थानीयको रोहवरमा शवपरीक्षणका लागि गलकोट नगर अस्पतालमा लगिएको अध्यक्ष हमालले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०७-१५ , समय : १४:१८:०१ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित