सप्तरीमा नुहाउने क्रममा पानीमा डुबेर बालकको मृत्यु
मिति: २०२३-०७-१८ , समय : १३:१६:३८ , ourpradesh
मिति: २०२३-०७-१८ , समय : १३:१६:३८ , ourpradesh
ourpradesh
राजविराज — विद्यालयको पूर्वाधार निर्माण गर्दा खनिएको खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–७ का महादेव खंगका ८ वर्षीय छोरा गोविन्दको सोमबार साँझ डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुबाआमा काम गर्न धानखेत गएका बेला उनीहरुसँगै गएका बालक गोविन्द स्थानीय लक्ष्मी बल्लभ नरसिंह उच्च माध्यमिक विद्यालयको पर्खाल निर्माण गर्दा खनिएको खाल्डोमा जमेको पानीमा डुबेका थिए ।
प्रहरीका अनुसार आमाबुबा खेतमा काम गरिरहेका बेला खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा उनी डुबेका थिए । डुबेर मृत्यु भएपछि मात्र उनका अभिभावकले थाहा पाएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२३-०७-१८ , समय : १३:१६:३८ , २ वर्ष अगाडि