सरकारी अनुदानको मल सहकारी अध्यक्षको ससुरालीमा
मिति: २०२३-०७-१८ , समय : १८:०७:०१ , ourpradesh
मिति: २०२३-०७-१८ , समय : १८:०७:०१ , ourpradesh
ourpradesh
बुटवल । कपिलवस्तुमा सरकारले अनुदानमा दिने गरेको रासायनिक मल सहकारीका अध्यक्षको ससुरालीको घरमा फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
कपिलवस्तुको शुद्धोदन गाउँपालिका–३ लवनीमा रहेको ओम कृषि सहकारीका अध्यक्ष भगिरथी यादवले शुद्धोधन–६ मा रहेको ससुराली बनारसी यादवको घरमा ५४ बोरा रासायनिक मल लगेर राखेका थिए । उक्त मल कृषि सामग्री केन्द्र तौलिहवाबाट ल्याइएको थियो ।
प्रहरी निरीक्षक शिव क्षेत्रीले मल जिल्ला प्रहरी कार्यालयमा मल राखिएको र उनको कागजपत्र अध्ययन हुँदै गरेको रातोपाटीलाई बताए ।
सहकारीका अध्यक्षले यादवले पानी परेपछि सुरक्षाको लागि गोदाम नभएर ससुराको घरमा लैजानु परेको बताएका छन् । यता किसानलाई दिने मल ससुरालीमा राखेर महँगोमा विक्री गर्ने नियत राखेको स्थानीयको आंशका रहेको छ।अहिले कपिलवस्तुमा किसानले मल नपाएर हैरानी पाएका छन् ।
प्रकाशित मिति: २०२३-०७-१८ , समय : १८:०७:०१ , २ वर्ष अगाडि