राजनीतिक उपलब्धि रक्षाका लागि कम्युनिस्ट शक्तिबीच एकताको खाँचो : माधव नेपाल
मिति: २०२३-०७-२० , समय : १६:२०:२४ , ourpradesh
मिति: २०२३-०७-२० , समय : १६:२०:२४ , ourpradesh
ourpradesh
नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गर्ने ‘वर्तमान परिस्थिति र आगामी कार्यभार’सम्बन्धी प्रतिवेदनमा अहिलेसम्मका राजनीतिक उपलब्धि रक्षाका लागि कम्युनिस्ट शक्तिबीच एकताको खाँचो औंल्याइएको छ ।
प्रतिवेदनमा राष्ट्रियता संरक्षण, जनअधिकार, वामपन्थी दलमा देखा परेका विचलन, उनीहरूमा पुँजीवादी चरित्रको बढ्दो प्रभाव, विकास हुँदै गएको अवसरवादका विषय उल्लेख छन् ।
अध्यक्ष नेपालले आज प्रस्तुत गर्ने सो प्रतिवेदनमा सङ्गठन सुदृढीकरण, पार्टीको भावी रणनीति, जनताको सेवा, सुशासन, समाजवादी व्यवस्थाका सम्भाव्यतालगायत विषय समेटिएका छन् ।
पुष्पलाल स्मृति प्रतिष्ठानमा गत शुक्रवारदेखि जारी बैठकमा अहिलेसम्म १४ नेताले धारणा राखिसकेका छन् ।
बैठकमा सहभागी नेताहरूले सङ्गठन सुदृढीकरण अभियानलगायत विषयमा राखेका सुझाव तथा प्रतिक्रियाको जवाफ अध्यक्ष नेपालले आज दिनेछन् ।
प्रकाशित मिति: २०२३-०७-२० , समय : १६:२०:२४ , २ वर्ष अगाडि