विहारको नक्कली शैक्षिक प्रमाण पत्रको आधारमा शिक्षक, भ्रष्टाचार मुद्दा दायर
मिति: २०२३-०७-२३ , समय : १६:५३:४५ , ourpradesh
मिति: २०२३-०७-२३ , समय : १६:५३:४५ , ourpradesh
ourpradesh
काठमाडौं, ७ साउन । भारतको विहार संस्कृत शिक्षा बोर्ड, पटनाबाट मध्यमा तह उत्तीर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर शिक्षकमा नियुक्त भएकी सीता कुमारी यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
श्री नवयुवक आधारभूत विद्यालय, थुम्हौना, धनुषामा कार्यरत राहत शिक्षक यादवको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी परेको थियो । आयोगले नक्कली शैक्षिक प्रमाण पत्र पेश गर्ने यादवविरुद्ध आज (आईतबार) विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो ।
‘झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षकको हैसियतमा लाभ लिई निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको हुँदा निज सीता कुमारी यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप(पत्र दायर गरिएको छ,’– आयोगका प्रवक्ता भोला दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
प्रकाशित मिति: २०२३-०७-२३ , समय : १६:५३:४५ , २ वर्ष अगाडि