गाउँपालिकालाई युवामैत्री बनाउनु पर्नेमा साहास नेपालको जोड
मिति: २०२३-०८-३१ , समय : ११:११:५९ , Our Pardesh
मिति: २०२३-०८-३१ , समय : ११:११:५९ , Our Pardesh
Our Pardesh
विराटनगर । गाउँपालिका युवाहरुलाई आत्मनिर्भर बनाउन युवामैत्री योजना बनाउनु पर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
युवाहरु आत्मनिर्भर भए मात्र समग्र गाउँपालिकाको विकास सम्भव भएकाले युवा मैत्री नीति बनाएर आत्मनिर्भर बनाउनु पर्नेमा वक्ताहरुले जोड दिएका हुन।
मोरङको जहदा गाउँपालिका ५ स्थित सहयोगी हाथहरुको समुह (साहास)ले आयोजना गरेको स्थानीय तहमा युवा लक्षित कार्यक्रम, युवाहरुको पहुँचको अवस्था र सम्भवना बिषय विषयक संवाद कार्यक्रमका वक्ताहरुले सो कुरामा जोड दिएका हुन ।
गाउँपालीकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा युवाहरुका लागि के कस्ता कार्यक्रम राखेको र युवाहरुका हितका लागि के कस्ता भावी योजनाहरु रहेको विषयमा केन्द्रीत संवांद कार्यक्रम आयोजना गरिएको थियो । सो संस्थाले जहदा गाउँपालीकाका दुई वटा वडा भित्र आफ्नो कार्य क्षेत्र बनाएर काम गर्दै आएको छ । साहास नेपालले ति वडा भरी रहेका युवा युवतीहरुलाई बिभिन्न खालका शिपमुलक तालीम दिएर स्वावलम्बी बन्नमा मद्दत गर्दै आएको छ ।
साहास नेपाल जहदा गाउँपालीकामा बिगत दुुई बर्ष देखि कार्य गर्दै आएकामा अहिले सम्म दुई जनालाई न्युन ब्याजमा आर्थिक सहयोग समेत गरेको छ । जुन सहयोगले ती युवाहरुले आफ्नो ब्यावसय गर्दै आएका छन् ।
कार्यक्रममा जहदा गाउँपालीकाका बिभिन्न शाखाका शाखा प्रमुुखहरुले आफ्नो शाखामा रहेका युवा लक्षित योजनाहरुका बारेमा प्रस्ट पारेका थिए ।
साहास नेपालले आफ्नो कार्य क्षेत्र बनाएर काम गर्दै आएका वडा नम्बर दुई र पाचँका वडा अध्यक्षहरुले आफुले सकेको सहयोग वडा भरी रहेका युवा युवतीलाई गर्ने प्रतिवद्धता समेत जनाएका थिए । त्यसैगरी साहास नेपालले आफ्नो स्थपनाको २८ औं दिवस केक काटी मनाउदै १४ जना युवा युवतीहरुलाई छात्रवृत्ति समेत प्रदान गरेका हुन् । छात्रवृत्ति पाउने युवा युवतीहरु बिभिन्न संकायमा प्रबिधिक तर्फ अध्यन्न गर्दै आएका हुन् ।
कार्यक्रममा साहास नेपाल कै शाखाका रुपमा काम गर्दै आएका हरियाली कृर्षक समुहले पालिका अध्यक्षलाई बाल विवाह न्युनिकरन तथा रोक्नका लागि हस्ताक्षर संकलन गरी समेत बुझाएको थियो ।
कार्यक्रमको प्रमुख अथिती जहदा गाउँपालीकाका अध्यक्ष जितेन्द्र प्रसाद साहले युवाहरुका लागि बिभिन्न खालका योजनाहरु अघि सारेको बताए । अगामी दिनहरुमा हामी सबै सहकार्य गरेर अघि बढ्नु पर्छ उनले बताए । हामीले युवाहरुका लागि गर्न सक्ने सबै कार्य गर्न अग्रसर रहेका छौ उनले भने –‘ हामीलाई तपाईहरुले पनि सल्लाह सुझाब दिनुस।‘
कार्यक्रममा पालीका भरीका बिभिन्न शाखाका शाखा प्रमुख, उपाध्यक्ष, स्थानीय युवाहरु, पत्रकार लगायतका उपस्थिती रहेका थिए ।
प्रकाशित मिति: २०२३-०८-३१ , समय : ११:११:५९ , २ वर्ष अगाडि