सुनवर्षी ५ मा दशैं शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्ना
मिति: २०२३-१०-२४ , समय : २०:०८:२६ , ourpradesh
मिति: २०२३-१०-२४ , समय : २०:०८:२६ , ourpradesh
ourpradesh
सुनवर्षी नगरपालिका वडा नं. ५ ले नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठ पर्वको सुखद उपलक्ष्यमा आयोजित शुभकामना कार्यक्रममा वडाबासी लगायत विभिन्न राजनितिज्ञ दलका नेता बुद्धिजिवी शिक्षक वर्ग अग्रज व्यक्तित्व हरुको उपस्थितिमा २०८० सालको शुभकामना आदान प्रदान कार्यक्रम भव्यताका साथ सम्पन गरियो। सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा नगर प्रमुख श्याम राजवंशी विशिष्ट अतिथि को रूपमा नगर उप प्रमुख मीरा देवी दास ,समाजसेवी ई. कमलेश्वर ठाकुर लगायत वडाका सदस्यहरू अतिथिको रुपमा सामेल भएको थियो । सो कार्यक्रमका अध्यक्षता आदरणीय वडाध्यक्ष श्री युगेश्वर प्रसाद ठाकुरले गर्नु भएको थियो । यस कार्यक्रमा लगभग २०० भन्दा बढी सहभागिता रहेको कुरा सुनवर्षी बाल क्लब वडा न ५ का अध्यक्ष सरोवर ठाकुरले बताए ।
प्रकाशित मिति: २०२३-१०-२४ , समय : २०:०८:२६ , १ वर्ष अगाडि