उर्लाबारी आगलागीका १४ घाइतेलाई सेनाको जहाजबाट थप उपचारका लागि काठमाडौँ लगियो
मिति: २०२३-११-१३ , समय : २०:२५:०३ , Our Pradesh
मिति: २०२३-११-१३ , समय : २०:२५:०३ , Our Pradesh
Our Pradesh
विराटनगर । कोशी प्रदेश सरकारले समन्वयमा मोरङको उर्लाबारी आगलागीका १४ घाइतेलाई थप उपचार गर्न काठमाडौँ पठाइएको छ । उर्लाबारी–७ स्थित सुन पसलमा मध्यरातसम्म आगलागी हुँदा जलेर २८ जनामा गम्भीर स्वास्थ्य समस्या देखिएकाहरूको थियो ।
गएराति स्थानीय दीपक कार्कीको घरमा अवस्थित सुन पसलमा आगलागी भएको थियो । लक्ष्मीपूजाको रात भएको घटनामा प्रहरीसहित २८जना घाइते भएका थिए ।
शरीर जलेर गम्भीर घाइते भई विराटनगरका विभिन्न अस्पतालमा उपचाररत १४ जनालाई नेपाली सेनाको स्काई ट्रकबाट थप उपचार गर्न काठमाडौँ पठाइएको हो । उनीहरूलाई बर्न अस्पतालमा भर्ना गरिने कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बताएका छन् ।
घाइतेहरूको न्युरो आर्या विराटनगर, विराट नर्सिङ होम विराटनगर र रेडप्लस अस्पताल विराटनगरमा उपचार भइरहेको थियो । बाँकीको झापाको लाइफलाइन अस्पताल दमक, बिर्तामोडको भई एन्ड सी अस्पताल र गोदावरी अस्पताल उर्लाबारीमा उपचार भइरहेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएअनुसार विराटनगरबाट थप उपचारका लागि पठाइएका बिरामीको विवरण यस प्रकार छ ।
१)रिद्दीकिरण राई
२)कुमार तामाङ
३) सलिम मन्सुरी
४) दिलकुमार आचार्य
५) चुणामणि प्रधान
६) दिनेश शर्मा
७) शिवकुमार विक
८) दिपेन्द्र कार्की
९) रामेश्वर मरिचको
१०) विशाल बस्नेत
११) कौशल गुरुङ
१२) नेत्र भण्डारी
१३) तारामणि लिम्बू
१४) राजन लिम्बू
प्रकाशित मिति: २०२३-११-१३ , समय : २०:२५:०३ , १ वर्ष अगाडि