टिकटक बन्द गर्ने निर्णय तत्काल फिर्ता लिनुपर्छ : शेखर कोइराला

मिति: २०२३-११-१३ , समय : २१:१८:५५ , Our Pradesh

Our Pradesh

बिराटनगर। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले टिकटक बन्द गर्ने निर्णय सरकारबाट हुनु खेदजनक भएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै यस्तो बताएका हुन् ।

नेता कोइरालाले यो निर्णय तत्काल फिर्ता लिई लोकतान्त्रिक बन्न सरकारलाई आग्रह पनि गरेका छन् । उनले भनेका छन्, ‘व्यक्तिगत स्वतन्त्रता कुण्ठित गर्ने गरी टिकटक बन्द गर्ने निर्णय सरकारबाट हुनु खेदजनक छ । यो निर्णय तत्काल फिर्ता लिई लोकतान्त्रिक बन्न सरकारलाई आग्रह गर्दछु ।

साथै उनले विगतमा पनि सरकारले निरंकुश बन्ने प्रयास गर्दा जनताको प्रतिकार र अदालतका आदेशहरूका बारेमा सरकारलाई स्मरण: गराउन चाहेको पनि उल्लेख गरेका छन् ।

सरकारले सोमबार टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति: २०२३-११-१३ , समय : २१:१८:५५ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित