वनियुक्त प्रहरी महानिरीक्षक(आईजीपी) कुँवरलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न प्रदान

मिति: २०२३-०३-२६ , समय : १२:०६:५० , आवर प्रदेश

आवर प्रदेश

नवनियुक्त प्रहरी महानिरीक्षक(आईजीपी) बसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न (फुली) प्रदान गरिएको छ ।

आइतवार सिंहदरबारस्थित गृह मन्त्रालयमा एक कार्यक्रम आयोजित गरी उनललाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न प्रदान गरिएको हो । उनलाई गृहसचिव विनोदप्रकाश सिंहले प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह प्रदान गरे ।

नवनिर्वाचित प्रहरी महानिरीक्षक कुँवरलाई सरकारले गत शुक्रवार प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो ।

प्रकाशित मिति: २०२३-०३-२६ , समय : १२:०६:५० , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित