मोरँग क्षेत्र नँ ५ का निर्वाचित स्वतँत्र सान्सद योगी मण्डल काँग्रेस छिर्ने दाऊमा

मिति: २०२३-११-१८ , समय : १३:४३:१२ , Our Pradesh

Our Pradesh

मोरँग क्षेत्र नँ ५ का निर्वाचित स्वतँत्र सान्सद योगी मण्डल काँग्रेस छिर्ने दाऊमा

गत वर्ष सँघिय सान्सदको लागि एमालेबाट विद्रोह गर्दै जिवन विकास सँस्थाका योगेन्द्र मण्डल (योगी) स्वतन्त्र उम्मेदवारी दिएर झिनो मतान्तरले विजयी भएका थिए ।
नेपाली काँग्रेस र माऔवादी को गठबन्धनका उम्मेदवार शिवकुमार मण्डल लाई झिनो मतान्तरले पराजित गरि जित हासिल गरेका थिए ।


जिवन विकास लघुवित्त सँस्थाका करमचारी तथा ऋणीहरूलाई कार्यकर्ताको रूपमा परिचालन गरेका योगी मण्डल ले जनतालाई झुठो आस्वासन दिएर जितेको गठबन्धनको आरोप रहेको छ।
जहदामा निर्माणधिन हस्पिटलमा यूवा यूवतीहरूलाई जागिर लगाउने तथा गरिब मजदुर ऋणीहरूलाई किस्ता माफ गरि दिने जस्ता प्रोपोगाण्डा मच्च्याएर जनतालाई ठगेको स्थानिय नेताहरूको आरोप रहेको छ ।
हरेक चोक चोकमा दारू भट्टी निशुक गराउने सान्सद योगीले टोलै पिछ्छे २ जना लाई चुनावको अन्तरालमा ३० देखि ४० हजारको तलब दिई प्रचारका लागि परिचालित गरेको समेत चर्चामा रहेको थियो ।
अप्रत्यक्ष रूपमा ठूलै पैसाको चलखेल र यूवाहरूलाई आर्थिक लोभन प्रलोभनमा प्रभावित गराई चुनाव जित्न सफल भएको योगीले एक विशेष समुदायलाई एक कठ्ठा जग्गा र ५० लाख रूपैया दिई समुदायिक भवन निर्माण गराउने लेनदेनमा भोट किनेको समेत श्रोतले जनाएको छ ।
विगतको चुनावमा शिवकुमार मन्डलले लगभग २३ हजार मत ल्याएर जितेका थिए भने यस पटक योगी ले २० हजार जति भोट ल्याउन सफल भएर चुनाव जितेका छन ।
त्यत्रो धन सम्पत्ति करमचारी तथा विभिन्न लोभन प्रलोभन जस्ता अनेक हतकन्डा अपनाएर पनि जोगीले शिवकुमारले ल्याएर जितेको भोट भन्दा निकै कम भोट ल्याएका छन ।
एक जमानामा योगीको जातिय भोट माथि एकल राज गरेका बद्री मण्डल पनि पछिल्लो समयमा १ हजार भोट पार गर्न मुश्किल भएको थियो ।
सान्सद बनेको एक वर्ष बित्न लाग्दा अहिले सम्म योगीले केही खास काम गर्न नसकेको जनतामा चर्चा हुन थालेको छ ।
एमाले सँग विद्रोह गरि सकेका योगीलाई एमाले ढोका थुनेको भन्दै काँ्ग्रेसमा छिर्ने गृहकर्यमा लागेको क्षेत्रवासीमा चर्चाले तिव्रता लिएको छ ।

प्रकाशित मिति: २०२३-११-१८ , समय : १३:४३:१२ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित