छुट्टाछुट्टै स्थानमा डुबेर २ जनाको मृत्यु

मिति: २०२३-०३-२६ , समय : १७:३४:१५ , आवर प्रदेश

आवर प्रदेश

काठमाडौं, १२ चैत। रूपन्देही, बुटवल उपमहानगरपालिका-६ सुन्दरनगरस्थित तिनाउ नदीमा पौडी खेल्ने क्रममा डुबेर सोही उपमहानगरपालिका-११ मझुवा बस्ने बाग्लुङ घर भएका बिष्णु विकको छोरा ९ वर्षीय प्रिन्स विकको शनिबार दिउँसो मृत्यु भएको छ ।

त्सैगरी अर्घाखाँची, पाडेनि गाउँपालिका-३ खिदिम बस्ने मौसम दर्लामीको छोरा ५ वर्षीय मनसुन दर्लामीको आफ्नै घर नजिक रहेको पोखरीमा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०३-२६ , समय : १७:३४:१५ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित