रंगेली मा प्रथम टी– २० प्रिमियर लिग पुस ८ गते बाट।

मिति: २०२३-१२-०२ , समय : १९:१०:०० , बिशाल मण्डल

बिशाल मण्डल

 

रंगेलीमा रङ्गेली प्रिमियर लिग क्रिकेट प्रथम संस्करणको टी– २० प्रतियोगिता हुने भएको छ ।आयोजकले रंगेलीमा शनिबार पत्रकार सम्मेलन गरी पुस ८ गतेदेखि २२ गतेसम्म स्थानीय जनता क्याम्पसको खेलमैदानमा प्रतियोगिता हुने जानकारी गराएको छ। खेलकुद विकास समिति रंगेलीको आयोजनामा पुस ८ गतेदेखि क्रिकेट प्रतियोगिता हुने भएको ।

प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँको साथै आकर्षक ट्रफी रहेको छ । उपविजेताले नगद ५१ हजार रुपैयाँ पाउनेछन् । रंगेलीको खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले क्रिकेट प्रतियोगिता आयोजना गरिएको खेलकुद विकास समिति रंगेलीका अध्यक्ष वेदमणि घिमिरेले जानकारी दिए । ‘अहिले राखिएको प्रतियोगिताको पुरस्कार राशि बढ्न पनि सक्नेछ,’ उनले भने, ‘सहयोग गर्ने दाता राम्रो आउँदा हामी विजेता र उपविजेताको राशि बढाउने छौँ ।’प्रतियोगिता सम्पन्न गर्न करिब १४ लाख ७५ हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

 

खेल संयोजक अभिषेक मण्डलले ६ वटा टिमको सहभागिता रहने जानकार दिए छ । रंगेली नगरपालिका भित्रको खेलाडीको टिमहरू रहने उनले बताए । लिग चरणको आधारमा प्रतियोगिता हुनेछ । प्रत्येक खेलमा म्यान अफ द म्याचको पुरस्कार रहेको छ । प्रतियोगिताको म्यान अफ द सिरिज हुने खेलाडीलाई नगद १० हजार, बेस्ट ब्याट्स म्यानलाई ५ हजार १ सय, बेस्ट बलरलाई ५ हजार १ सय, बेस्ट फिल्डरलाई ३ हजार ५ सय रुपैयाँ रहेको खेलकुद विकास समितिका सचिव राजन पनेरुले जानकारी दिए ।


प्रतियोगितामा दर्शकले क्याच गरेमा हरेक क्याचको १ सय रुपैयाँ पुरस्कार राखेको छ । हरेक खेलको म्यान अफ द म्याच हुने खेलाडीलाई १ हजार १ सय रुपैयाँ पुरस्कार पाउनेछन् । फाइनलको म्यान अफ द म्याच हुने खेलाडीलाई २ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रकाशित मिति: २०२३-१२-०२ , समय : १९:१०:०० , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्