कोशी प्रदेश का मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथि आक्रमण
मिति: २०२३-१२-१२ , समय : २२:५२:५६ , Our Pradesh
मिति: २०२३-१२-१२ , समय : २२:५२:५६ , Our Pradesh
Our Pradesh
रङ्गेली। कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथि ‘पहिचानवादी’ कार्यकर्ताले आक्रमण गरेका छन् ।
मंगलबार झापामा आयोजिक एक कार्यक्रममा सहभागी हुन जाने क्रममा दमक नगरपालिका–५ स्थित सगरमाथा पेट्रोल पम्पअगाडि कार्की सवार गाडीमा ढुंगा प्रहार गरिएको हो । कार्की सकुशल छन् ।
घटनामा संलग्नको खोजी सुरु गरिएको इलाका प्रहरी कार्यालय दमकका डीएसपी मनोज लामाले जानकारी दिए । ढुंगा लागेर मुख्यमन्त्री चढ्ने गाडीको सिसा चर्किएको उनले बताए ।
एउटा समूहले कालो झन्डा देखाउँदै गर्दा केही ‘स्लो’ भएको गाडीमा अर्को ‘समूह’ले अलि पर पुगेपछि ढुंगा हानेको बताइएको छ ।
प्रकाशित मिति: २०२३-१२-१२ , समय : २२:५२:५६ , १ वर्ष अगाडि