पीएसएल क्रिकेट ड्राफ्टमा नेपालका १० खेलाडी समावेश

मिति: २०२३-१२-१२ , समय : २३:०८:१० , Our Pradesh

Our Pradesh

काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) क्रिकेटको ड्राफ्टमा नेपालका १० खेलाडी समावेश भएका छन् । पीएसएल आयोजकले गएराति सार्वजनिक गरेको अक्सनको ड्राफ्टको तीन क्याटेगोरीमा नेपालका १० खेलाडी परेका हुन् ।

लेगस्पिनर सन्दीप लामिछाने प्लाटिनम क्याटेगोरीमा रहेका छन् । त्यसैगरी, गोल्ड क्याटेगोरीमा नाम दर्ता गराएका गुल्सन झा पनि अक्सनमा समावेश हुने भएका छन् ।

 

सिल्भरमा नाम दर्ता गराउनेमध्येका आशिफ शेख, आरिफ शेख, अर्जुन साउद, देव खनाल, कुशल भुर्तेल, कुशल मल्ल र सोमपाल कामी पीएसएलले ड्राफ्टमा राखेको छ ।

प्लाटिनम क्याटेगोरीमा बिक्न सक्ने खेलाडीले एक लाख ४८ हजार अमेरिकी डलर पाउनेछन् । गोल्डले ३७ हजार चार सय ३५ र सिल्भरमा बिक्न सके १८ हजार डलर कमाइ गर्नेछन् । पीएसएलको अक्सन भोलि बुधबार हुँदैछ।

 

प्रकाशित मिति: २०२३-१२-१२ , समय : २३:०८:१० , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित