पालिका अध्यक्षसहित चार जनामाथि चोरी मुद्दा दर्ता गर्न आदेश

मिति: २०२३-१२-१३ , समय : १६:१८:४८ , Our Pradesh

Our Pradesh


सप्तरीको रुपनी गाउँपालिका अध्यक्ष दिनेश यादव र निवर्तमान वडाध्यक्ष पीताम्बर यादवसहित चार जनामाथि चोरी डाँका मुद्दा दर्ता हुने भएको छ ।

 

उच्च अदालत जनकपुर, राजविराज इजलासले गाउँपालिका अध्यक्ष दिनेश र निवर्तमान वडाध्यक्ष पीताम्बर, वडा २ का सरोज यादव र वडा १ का राम यादवमाथि चोरी डाँका मुद्दा दर्ता गर्न परमादेश जारी गरेको हो ।

गाउँपालिका अध्यक्ष दिनेश वडा नम्बर १ का हुन् । पीताम्बर सोही वडाका निवर्तमान वडाध्यक्ष छन् ।

 

उनीहरुविरुद्ध रुपनी गाउँपालिका १ कै किरण कुमार जयसवाल जिल्ला प्रहरी कार्यालय सप्तरीमा चोरी डाँका सम्बन्धी जाहेरी दिएका थिए । तर प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि उनी उच्च अदालत जनकपुर, राजविराज इजलास पुगेका थिए ।

प्रकाशित मिति: २०२३-१२-१३ , समय : १६:१८:४८ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित