कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको ५७ औ बार्षिकोत्सव कार्यक्रम सम्पन्न
मिति: २०२३-१२-१४ , समय : १४:४४:३८ , Our Pradesh
मिति: २०२३-१२-१४ , समय : १४:४४:३८ , Our Pradesh
Our Pradesh
बिराटनगर, २०८० मंसिर २८ गते ।
कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको ५७ औं वार्षिकोत्सव बिविध कार्यक्रम सहित यही मंसिर २८ गते आन्तरीक रुपमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले पानसमा दिप प्रज्वलन गरी बिधिवत रुपमा कार्यक्रमको शुभारम्भ गर्नु भएको हो ।
प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको खेल मैदानमा आयोजित ५७ औ बार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक बास्तोलाले व्यवासायिक प्रहरी उत्पादनको उदगमस्थल प्रहरी तालिम केन्द्रले ५७ औं वर्ष पुरा गरेको अवसरमा तालिम केन्द्र तथा केन्द्रमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई शुभकामना व्यक्त गर्नु भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि बास्तोलाले बार्षिक उत्सवको अवसरमा प्रकाशन गर्दै आएको स्मारिकाको लोकार्पण समेत गर्नु भएको थियो । कार्यक्रममा बोल्दै वहाँले नेपाल प्रहरी सेवामा प्रवेश गर्ने जनशक्तिहरुको लागि तालिम लगायत प्रारम्भिक शिक्षा तथा उन्नत प्रशिक्षण प्रदान गर्ने कार्यमा तालिम केन्द्रको अहम भुमिका रहेको र सक्षम तथा प्रभावकारी प्रहरी संगठनको समाजमा उपस्थिति बनाई राख्न प्रशिक्षण पद्धतिमा समायानुकुल परिवर्तन हुनु जरुरी रहेको साथै योग्य जनशक्तिको छनौट र उचित प्रशिक्षण प्राप्त गरे पश्चात मात्रै प्रहरी कर्मचारीले कार्य क्षेत्रमा संगठनको अपेक्षा अनुरुप प्रतिफल दिन सक्ने बताउनु भयो ।
समयको परिवर्तन संग संगै नागरिकले प्रहरीबाट अपेक्षा गर्ने सेवा प्रदानमा अपेक्षित सुधार गरेर अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको बताउँदै हिजोका दिनहरु भन्दा फरक तर सरल र सहज रुपमा सेवा प्रदान गर्ने भावनाको बिकाश तालिमका दिनहरु देखि नै मस्तिष्कमा गढिन जरुरी रहेको हुँदा सोही अनुसारको प्रशिक्षण प्रदान गर्न तालिम केन्द्रलाई निर्देशन समेत दिनु भयो ।
वाँहाले अनुशासन प्रहरी संगठनको गहना रहेको बताउँदै तालिम केन्द्रका प्रशिक्षकहरुको अनुशासन, यसको प्रत्यक्ष प्रभाव र तालिमको स्तरले नै भोलीको दिनमा प्रहरीहरुको कार्य सम्पादन स्तर निर्धारण गर्ने हुँदा यस प्रहरी तालिम केन्द्रको सम्पुर्ण प्रशिक्षकहरुको अनुशासन र सामुहिक प्रयासद्वारा यस तालिम केन्द्रलाई देशकै नमूना तालिम केन्द्रको
प्रकाशित मिति: २०२३-१२-१४ , समय : १४:४४:३८ , १ वर्ष अगाडि